सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

रविको निर्णयले ओलीको बार्गेनिङ पावर स्वाठ्ठै घट्ने

रविको निर्णयले ओलीको बार्गेनिङ पावर स्वाठ्ठै घट्ने

  • मिडिया डबली
  • मंगलवार, माघ १७ २०७९

  • 4.6K
    SHARES

  • रविको निर्णयले ओलीको बार्गेनिङ पावर स्वाठ्ठै घट्ने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद खारेज भएसँगै शक्तिशाली पद गुमाएका छन् ।

    नागरिकता र रास्वपाको सभापति पुनः प्राप्ति गरेपछि उनी सिंहदरबार फर्किन सक्रिय ढंगले लागिरहेका छन् । आइतबारदेखि मंगलबार भइसक्दा पनि उनको दौडले सार्थकता पाउन सकेको छैन । लामिछाने मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरे ।

    लामिछानेले आफूलाई गृहमन्त्रीमा फर्काउन प्रचण्डसँग आग्रह गरे । तर जवाफमा प्रधानमन्त्रीले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएको मात्र होइन, राहदानी कसुरमा अनुसन्धान नसकिएकाले अहिले मन्त्री बनाउन नसकिने प्रस्ट पारे । त्यति मात्र होइन, रास्वपालाई नै गृह मन्त्रालयबाहेक अरु मन्त्रालय लिन आग्रह गरे ।

    तर लामिछाने सनक्क सन्केर मंगलबार साँझसम्म गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्के । त्यसपछि प्रधानमन्त्री प्रचण्ड अन्य भेटघाट र काममा लागे । दिउँसो माओवादी केन्द्रका पदाधिकारी बैठक बस्यो । पार्टी अध्यक्ष पनि भएकाले प्रचण्ड बैठकमा सहभागी भए ।

    माओवादी नेताहरूले कुनै पनि हालतमा रविलाई मन्त्री बनाउन नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सबैको कुरा सुनिसकेपछि प्रचण्डले मध्यमार्गी उपाय निकाले– ‘नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने, आफैं राख्ने ।’

    प्रचण्डको यो ब्रिफिङसँगै रवि लामिछाने समस्यामा परेका छन् । माओवादी नेता मातृका यादवले त रास्वपा सरकारबाट बाहिरिएमा आफूहरूको केही भन्नु नभएको प्रतिक्रियासमेत दिइसकेका छन् । रास्वपा सरकारबाट बाहिरिएमा एमाले अध्यक्ष केपी ओली पनि संकटमा पर्ने भएका छन् ।

    अब रास्वपा सरकारबाट बाहिरिन्छ कि अदालतको फैसलाको पूर्णपाठ कुरेर बस्छ भन्ने चासो बढेको छ । यदि रास्वपा सरकारबाट बाहिरिएमा ओलीको बार्गेनिङ पावरसमेत स्वाठ्ठै घट्नेछ ।

    ओली एकातिर राप्रपा र एकातिर रास्वपालाई देखाएर प्रचण्डमाथि शासन गर्न चाहन्थे । तर परिस्थितिले उनको आशामाथि तुषरापात पर्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २३ २०८१०६:००:५५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend