आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपनिर्वाचनमा रवि नै चुनाव लड्न आए हराएर पठाइदिन्छौंः चितवन कांग्रेस सभापति 

उपनिर्वाचनमा रवि नै चुनाव लड्न आए हराएर पठाइदिन्छौंः चितवन कांग्रेस सभापति 

  • मिडिया डबली
  • मंगलवार, माघ १७ २०७९

  • 3.2K
    SHARES

  • उपनिर्वाचनमा रवि नै चुनाव लड्न आए हराएर पठाइदिन्छौंः चितवन कांग्रेस सभापति 

    काठमाडौं– नेपाली कांग्रेस चितवनका सभापित राजेश्वर खनालले राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनावी मैदानमा आए तेस्रो पटक निर्वाचन गर्नुपर्ने बाध्यता आउने बताएका छन्। 

    काठमाडौंमा मंगलबार पत्रकारहरुसँगको संवादका क्रममा चितवनमा राजनीतिक उतारचढाव आइरहने भन्दै मंसिर ४ मा रविको हावा चलेको बताए। 

    ‘चितवनमा राजनीतिक उतारचढाव भइराछ। यस पटक रवि लामिछानेको हावा बग्यो। त्यसले देशभर प्रभावित पार्यो,’ उनले भने, ‘तर केही महिनामै चितवन–२ खाली भयो। ४ महिनापछि अब यहाँ उपचुनाव हुँदैछ।’ उनले उपनिर्वाचनमा रवि लामिछाने चुनाव लड्न आए हराएर पठाइदिने दाबी समेत गरे।

    कांग्रेसभित्रको किचलोकै कारण रविले पार्टी बनाएको ६ महिनामै जित निकाल्न सकेको उनले बताए। ‘अहिले कांग्रेसको जुन अवस्था छ। हामी एकअर्कामा दोषारोपण गरिरहेका छौँ,’ उनले भने, ‘६ महिनाअघि पार्टी गठन गरेका रविले चुनाव जितेर आउनुभयो। तर मन्त्री बनेको ३२ दिनमा उहाँले के गर्नु भयो? हविगत देखियो।’

    खनालले अहिलेको सात दलीय गठबन्धनलाई लक्षित गर्दै ८९ सिट भएको पार्टीलाई बाहिर राखेर विभिन्न पार्टीको चंगा बनाउने काम भएको उल्लेख गरे।

    ‘अहिले हस्ताक्षर प्रचण्डले गर्नुहुन्छ, निर्णय ओलीले गर्नुहुन्छ। बिनातयारी हतारमा बनेको गठबन्धन टिक्न सक्दैन,’ उनले भने, ‘कुनै पनि कुरा परिपक्व हुन समय लाग्छ। यो गठबन्धन कुनै ठाउँमा दुर्घटनामा पर्छ। रविजीको नागरिकताको केस थियो, अब राहादानीको केस छ। उनलाई अहिले गृहमन्त्री चाहिएको छ। मुलुकलाई के दिनेभन्दा पनि व्यक्तिगत लाभ लिने कुरामा उनी केन्द्रित छन्।’

    उनले मंसिर ४ को चुनावमा आन्तरिक एकता नहुँदा नै कांग्रेस नराम्ररी हार्न पुगेको टिप्पणी गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend