आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने औपचारिक निर्णय गर्दै, गठबन्धन टुट्ने

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने औपचारिक निर्णय गर्दै, गठबन्धन टुट्ने

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 4.9K
    SHARES

  • माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने औपचारिक निर्णय गर्दै, गठबन्धन टुट्ने

    काठमाडौं - सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । तीन दिनदेखि जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ, उपमहासचिवहरुले पेस गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

    विभिन्न राजनीतिक दलसँग पार्टी एकता र कार्यगत सहकार्यबारे छलफल गर्ने नेताहरुको भनाइ छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको छ । बुधबार सकिने बैठकले राष्ट्रपतिबारे बोल्ड निर्णय गर्ने बुझिएको छ ।

    स्रोतका अनुसार माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने औपचारिक निर्णय गर्ने भएको छ । माओवादीमा अध्यक्ष प्रचण्डसहित नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत, कृष्णबहादुर महराहरु राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा छन् ।

    त्यसैले माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चुनिनुपर्ने औपचारिक निर्णय गर्न लागेको हो । सत्तागठबन्धनमा राष्ट्रपति एमालेलाई दिने अनौपचारिक सहमति छ । तर एमालेलाई राष्ट्रपति दिँदा सबै शक्ति उसमै केन्द्रित हुँदा सरकारलाई काम गर्न अप्ठेरो हुने बुझाईमा प्रचण्ड छन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा निर्वाचित गर्नुपर्ने धारणा राख्दै आएका छन् । त्यसैले यदि माओवादीले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति निर्वाचित गर्नुपर्ने औपचारिक निर्णय गरेमा एमालेलाई ठूलो धक्का लाग्ने छ ।

    किनभने एमाले अध्यक्ष केपी ओलीले आफूले छानेको राष्ट्रपतिको उम्मेदवारमै राष्ट्रिय सहमति हुने दाबी गर्दै आएका छन् । त्यसैले माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति छान्नुपर्ने औपचारिक निर्णय गरेमा अहिलेको गठबन्धन टुट्ने आकलन गरिएको छ ।

    विवादास्पद रवि लामिछानेले मन्त्री बन्न अस्वाभाविक हर्कत गरेका कारण प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट छन् । प्रचण्ड कुनै पनि हालतमा उनलाई मन्त्री बनाउन नहुने अडानमा छन् । यदि एमाले अध्यक्ष ओलीले धेरै नै दबाब दिएमा प्रचण्डले बोल्ड डिसिजन लिनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २४ २०७९११:५१:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend