आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच भयंकर ठूलो झडप, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच भयंकर ठूलो झडप, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 4.4K
    SHARES

  • डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच भयंकर ठूलो झडप, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

    डोल्पा– डोल्पाको जगदुल्ला गाउँपालिकामा झडप हुँदा नौ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौ जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति नौ बजेतिर झडप भएको हो। झडपमा एमालेका चार र माओवादीका पाँचजना घाइते भएका छन्।

    घटनाबारे आज बिहानमात्रै जानकारी आएको प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा वडा नम्बर ३ बस्ने एमाले समर्थक वर्ष ४२ कन जालपा बोहोरा, वर्ष ३८ का भद्र बोहोरा, वर्ष १२ का कृष्णजंग बोहोरा, वर्ष ५० शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ का बिर्ख बोहोरा, वर्ष १८ का लक्ष्मण बोहोरा, वर्ष ५४ का गोरसिंह बोहोरा, वर्ष २६ का पबिन्द्र बोहोरा र वर्ष २१ जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

    मादक पदार्थ सेवन गरेर उनीहरुले झगडा गरेको प्रहरीको भनाइ छ। घाइते चार जनालाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ।

    पाँच जना सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन्। उपचारका लागि काठमाडौं लगिएका चारजनाको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

    सामान्य कुरामा विवादपछि दोहोरो झडप हुँदा हात हालाहाल भएको र एक पक्षले अर्को पक्षलाई ढुंगा प्रहार गरी घाइते बनाएको पीडितले जनाएका छन्। घाइते अधिकांशको टाउकोमा चोट लागेको भाइतेका आफन्त बिजय बोहोराले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९०२:०१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend