आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं माओवादीका लागि मरूभूमिसरह, पहिले जितेका नेताले मुखै देखाउन छाडे

काठमाडौं माओवादीका लागि मरूभूमिसरह, पहिले जितेका नेताले मुखै देखाउन छाडे

  • मिडिया डबली
  • बुधवार, कार्तिक २ २०७९

  • 2.4K
    SHARES

  • काठमाडौं माओवादीका लागि मरूभूमिसरह, पहिले जितेका नेताले मुखै देखाउन छाडे

    काठमाडौं-२०७४ को निर्वाचनमा माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ललितपुर ३ मा मात्रै जितेको थियो । त्यो पनि एमालेसँगको गठबन्धनका कारण माओवादीकी पम्फा भुसालले ६ सय मतान्तरले कांग्रेसका मदन अमात्यलाई पराजित गरेकी थिइन् । आफ्नो जनमत नभए पनि माओवादीले यसपटक काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा एक एक गरी पाँच निर्वाचन क्षेत्र पाएको छ । तर जनाधार भने माओवादीको शून्य जस्तै छ । तैपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फुर्तीफार्ती कम छैन ।

    माओवादीले काठमाडौंमा २, ७ र ९ निर्वाचन क्षेत्र पाएको छ । तर, कुनैमा पनि जित्ने संकेत देखिएको छैन । काठमाडौं २ को चुनाव क्षेत्रमा १५ वर्षपछि माओवादी चुनावी प्रतिस्पर्धामा छ । कांग्रेस र एकीकृत समाजावदीको वैशाखी टेकेर काठमाडौं २ मा उत्रेको माओवादीले चुनावी परिणाम निकाल्न खोजेको छ । २०६४ सालको संविधान सभा चुनावमा माओवादीले रोल्पाली नेता झक्कुु सुवेदी उम्मेदवार थिए ।

    उनले एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गरेका थिए । सुवेदीले काठमाडौं २ मा दिएको धोकाका कारण अहिले अर्को रोल्पाली नेता ओनसरीलाई समस्या परेको हो । यसले गर्दा ओनसरीको माहोल बिग्रिन थालेको छ । सुवेदी न यो क्षेत्रमा कहिल्यै गए, न केही विकासे योजना नै लगे । सोही कारण तत्कालीन माओवादीबाट निर्वाचित सभासद् झक्कु सुवेदीलाई १९ वैशाख २०६८ प्रेमराज देवकोटाले तीनकुनेमा झापड हानेका थिए । यस्तै कारणले काठमाडौं २ को चुनाव क्षेत्रका जनता माओवादीप्रति आकर्षित हुन सकेका छैनन् । 

    माओवादी केन्द्रबाट निर्वाचित सभासद् झक्कु सुवेदी त काठमाडौं २ को चुनाव क्षेत्रमा मुख देखाउन नसक्ने भएकै कारण यो क्षेत्रमा गएका छैनन् ।  २०७४ को चुनावमा वाम गठबन्धन बन्दा पनि सुवेदी भागेर काठमाडौं ६ को उम्मेदवार भए । तर कांग्रेसका भीमसेनदास प्रधानले उनलाई पराजित गरे ।

    काठमाडौं ९ मा त माओवादीले कमजोर उम्मेदवार कल्पना धमलालाई उठाएको छ । धादिङबाट पहिले जितेकी धमला टुरिस्ट उम्मेदवार भएकी छन् । जसकारण एमालेका कृष्णगोपाल श्रेष्ठलाई फाइदा भएको छ । काठमाडौं ७ मा भने माओवादीले बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ । आफूले पाएको सिटमा माओवादीले मानुषीलाई उठाएको हो । तर उनकी आमा हिसिला यमीको विवादास्पद छविका कारण त्यहाँ पनि मानुषीलाई चुनाव जित्न निकै मुस्किल पर्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १६ २०७९०२:१८:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend