काठमाडौं - राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने आयोगले जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
आयोगले सोबारे नेपाल सरकारका मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। अब उपराष्ट्रपतिको कार्यकाल चैत ३ गतेसम्म लम्बिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।