काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । कांग्रेसले नेविसंघ लगायत भातृ संस्थालाई पूर्णता दिने गृहकार्य थालेको छ ।
यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठकको तयारीलगायत विषयमा छलफल गर्ने तयारी छ । माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।