काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरुले पार्टी नेतृत्वसँग हरेक क्षेत्रमा ४० प्रतिशत भाग माग्नुपर्ने धारणा राखेका छन्। नेतृत्वले पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थालगायतमा ४० प्रतिशत भाग नपाए १५ औँ महाधिवेशनको तयारीमा जुट्नु पर्ने उनीहरुको भनाइ छ।
बत्तीसपुतलीमा आइतबार बसेको बैठकमा बोल्ने नेताहरुले कोइरालालाई पार्टीमा सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत भाग माग्न दबाब दिएका हुन्। बैठकमा सहभागी नेता जगदीश्वर नरसिंह केसीले आइतबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले ४० प्रतिशत भाग नपाए नेतृत्वलाई एकल रुपमा पार्टी सञ्चालन गर्न दिएर आफूहरु १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिएको जानकारी दिए।
नेता केसीले बैठकमा बोल्ने १० जना नेतामध्ये अधिकांशले पार्टीका हरेक निकायमा ४० प्रतिशत भाग माग्नु पर्ने र संस्थापन पक्षले असहमति राख्नेलाई पेल्ने, ठेल्ने तथा अस्तित्व स्वीकार नगर्ने अवस्था आए भाग चाहिएन भन्न तयार हुनुपर्नेमा जोड दिएको पनि बताए।
आइतबारको बैठकमा इतर समूहमा रहेका नेताहरु रामनाथ अधिकारी, रामकृष्ण यादव, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी, सरिता प्रसाई, मुक्ताकुमारी यादवलगायतका नेताहरुले बोलेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।