आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर समूहले गर्‍यो गम्भीर समिक्षा, सोही समूहका घुसघुसे नेता तनावमा  

शेखर समूहले गर्‍यो गम्भीर समिक्षा, सोही समूहका घुसघुसे नेता तनावमा  

  • मिडिया डबली
  • आइतवार, माघ ८ २०७९

  • 3.4K
    SHARES

  • शेखर समूहले गर्‍यो गम्भीर समिक्षा, सोही समूहका घुसघुसे नेता तनावमा  

    काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा  संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारणबारे छलफल भएको छ।  संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

    बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो । कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं?’

    उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए । ६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए । जबकि कोइराला समूहको मत ३१ थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend