आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेतृत्वमा भएका चार दल कुन–कुन हुन्?

कांग्रेस नेतृत्वमा भएका चार दल कुन–कुन हुन्?

  • मिडिया डबली
  • बिहिवार, माघ ५ २०७९

  • 3.1K
    SHARES

  • कांग्रेस नेतृत्वमा भएका चार दल कुन–कुन हुन्?

    काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूहरु चारदल एकै ठाउँमा रहेको बताएका छन् ।आज सभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

    सभामुखमा पराजित हुनुभयो अब उपसभामुखमा उम्मेदवारी दिने कि नदिने? भन्ने प्रश्नमा उनले आफहरुले सभामुखमा उम्मेदवारी दिएको र संसदमा भएका विपक्षी दलहरुसँग छलफल गरिरहेको बताए । ‘आज हामी एक ठाउँमा उभिएका छौं नि ।’, उनले भने, ‘नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा चार पार्टी एकै ठाउँमा छौं । करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं नि’

    सभामुखमा तपाईंहरु पराजित हुनुभयो उपसभामुखमा उम्मेदवारी दिन्छ कि दिँदैन? भन्ने प्रश्नमा उनले संसदीय प्रक्रियामा प्रतिस्पर्धामा सहभागी हुने बताए । त्यस्तै, उनले विपक्षी दलहरुसँग छलफल गरेर एकतावद्ध बनाउन भूमिका खेल्ने बताए ।

    त्यस्तै, उनले राष्ट्रपतिका निर्वाचनका विषयमा केही विरोधाभास रहेको बताएका छन् । संविधानको व्यवस्था र राष्ट्रपति निर्वाचन कानून ऐनका विषयमा विरोधाभास रहेको छ । ऐनले कार्यकाल समाप्त हुनुअघि एक महिना अगाडि नै कार्यकाल समाप्त हुने व्यवस्था रहेको उनले बताए ।

    ‘एनेअनुसार गर्दा कार्यकाल घट्ने भएकाले संविधानअनुसार नै संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । संविधानअनुसार नै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । बरु ऐनलाई पनि संविधानअनरुप बनाउनुपर्छ’, उनले भने ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend