काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ।
नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति तथा वाणिज्य सचिव तोयम रायलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका थिए। तर रायले आज बिहीबारका लागि डाकेको निगमको बोर्ड बैठक नै रद्द गरेर प्रधानमन्त्रीको निर्देशन टारिदिएका हुन्।
रायलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको थियो। जाँदाजाँदै निगममा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्दा विवादमा पर्ने भएपछि उनले गत मंगलबार नै बोर्डसदस्यलाई जानकारी गराइएको बिहीबारको बैठक रद्द गरेका हुन्।
योसँगै मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्थाअनुसार हालसम्म अध्यक्षमा सचिव राय नै छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।