काठमाडौं– अर्थसचिव र राजस्वसचिव परिवर्तन भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुवै सचिव हेरफेर गरेको हो।
अर्थसचिवमा तोयम राया र राजस्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ। अहिले अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए। राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।