आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटार काण्डमा विष्णु पौडेललाई पुरस्कार, विजय गच्छदारलाई अख्तियार

बालुवाटार काण्डमा विष्णु पौडेललाई पुरस्कार, विजय गच्छदारलाई अख्तियार

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 13.5K
    SHARES

  • बालुवाटार काण्डमा विष्णु पौडेललाई पुरस्कार, विजय गच्छदारलाई अख्तियार

    काठमाडौं - बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा पार्ने एउटै अभियोग लागेकामध्ये नेकपाका नेता विष्णु पौडेललाई प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री बनाएर पुरस्कृत गरेका छन् ।

    तर, त्यो निर्णयमा हस्ताक्षर गरेको भन्दै तत्कालीन आवास तथा भौतिकमन्त्री विजयकुमार गच्छदारलाई भने अख्तियार लगाएर दण्डित गराएका छन् ।

    कम्युनिस्ट सत्तामा आफ्नो विरोध्रीलाई कतिसम्म पेलिन्छ भन्ने उदाहरण बनेका छन् पौडेल र गच्छदार । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदारले बालुवाटारको जग्गा आफ्नो नाममा पारेका छैनन् ।

    तलबाट उठेर आएको फाइलमा हस्ताक्षर मात्रै गरेका हुन् । जबकि पौडेलले आफ्नै छोरा नवीन पौडेलको नाममा आठ आना जग्गा किनेर लालपुर्जासमेत हात पारेका थिए ।

    तर, सो काण्डमा तानिन सक्ने देखिएपछि जग्गा फिर्ताको नाटक गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टी निकट पदाधिकारीलाई प्रभावमा पारेर ओलीले कांग्रेस नेता गच्छदारलाई कारबाही गर्न लगाएका हुन् ।

    तर, पौडेललाई भने देशकै ढुकुटी हेर्न जिम्मा दिएर पुरस्कृत गरेका छन् । बालुवाटार काण्डमा मुछिएकैले गच्छदारले भएको सांसद पदबाट समेत निलम्बित भएका छन् । यदि सो काण्डमा कारबाही भए गच्छदारको राजनीतिक भविष्यसमेत दाउमा पर्नेछ ।

    किनभने सार्वजनिक मुद्दा लागेका नेताले आमनिर्वाचनमा उम्मेदवार बन्न पाउँदैन । पौडेललाई पूर्वएमालेमा मारवाडी नेताका रूपमा चिनिन्छ । भैंसेपाटीमा उनको आलिसान बंगला मात्र छैन, उनीसँग अकूत सम्पत्ति रहेको नेकपा कार्यकर्ताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २९ २०७७०५:५७:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend