विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नीति माहाधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश एक समितिद्वारा आइतबार विराटनगरमा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक गोष्ठीमा कोइरालाले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने बताए ।
कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए ।
उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।
कांग्रेसमा पछिल्लो समय नीति महाधिवेशन गर्नुपर्ने आवज उठिरहेको छ। खासगरी पार्टीले सत्ता राजनीतिमा धक्का व्यहोरेपछि नेताहरुले सभापति शेरबहादुर देउवा माथि नीति महाधिवेशन बोलाउन दबाब बढाएका छन्। आगामी २२ गते कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनका विषयमा समेत छलफल हुने सम्भावना छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।