काठमाडौँ- गायक विक्रम परियार र गायिका सुनिता बुढाको आवाजमा रहेको लोकदोहोरी गीत 'पागल मान्छे ...' छोटो समयमा नै ब्यापक रुचाइएको छ । प्रकाश दर्नाल (सितल ) को शब्दलाई टपक्क टिपेर किसन गाहा मगरले गीतमा संगीत भरेका हुन् ।
एच एस एस ग्रुप इन्टरटेन्टमेन्टको अफिसिएल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतले छोटो समयमा नै धेरै रुचाइएको छ । भिडिओमा सबी सुन्दासले कल्पना गरेको कथालाई लिएर मोडल तथा निर्देशक बिनोद सुन्दासले निर्देशन गरेका हुन् ।
करण चैसिरको छायांकन रहेको भिडिओमा मोडल बिनोद सुन्दास, ओम श्रेष्ठ र अन्जु निरौलाको दर्दनाक अभिनय देख्न सकिन्छ भने भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।