काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवाको आत्मघाती हठले अहिले राजनीतिको समीकरण नै पूरै बदलिएको छ ।
कांग्रेस आठै सरकारमा प्रतिपक्षमा सीमित हुन पुगेको मात्र छैन, कम्युनिस्टहरु एकढिक्का बनेका छन् । हिजो एमाले अध्यक्ष केपी ओलीलाई कर्नरमा पार्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा आएका थिए ।
कांग्रेसलाई साथ दिएर सत्ता लगेका थिए । तर देउवा दम्पतीको सत्ता लिप्साकै कारण कांग्रेसको मात्र होइन, माधव नेपालले पनि सबै चिज गुमाउने अवस्था आएको छ । पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेललगायतले गरेको आग्रह देउवाले अस्वीकार गरेको खबर बाहिरिसकेको छ ।
यो खबर थाहा पाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले साह्रै चित्त दुखाएका छन् । उनले के गर्ने के नगर्ने भन्ने निर्णयसमेत गर्न सकेका छैनन् । नेपालले बुधबारदेखि कांग्रेस र आफ्नै पार्टी नेताहरुसँग घनिभूत छलफल थालेका छन् ।
उनी बुधबार बिहान हात्तीवनमा प्रधानमन्त्री प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेपछि शान्तिनगरस्थित पार्टी कार्यालयमा पुगेका थिए । उनी दिनभर त्यहीँ बसे । पार्टी केन्द्रीय कार्यालयमा नेताहरुसँग प्रधानमन्त्री प्रचण्ड, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, महेश बस्नेतसँग भएका छलफलवारे ब्रिफिङ गरेका थिए ।
अध्यक्ष नेपालसँगको छलफलमा महासचिव बेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, सोमप्रसाद पाण्डेलगायत नेताहरु थिए । नेपालसँग पार्टी कार्यालयमा बुधबार नै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका थिउ ।
उनीहरूबीच अपरान्ह ४ बजेपछि कुराकानी भएको थियो । पौडेलसँगको भेटमा नेपालले देउवाबाट ठूलो धोका भएको भन्दै गला अवरुद्ध पारेका थिए । बेलामा सही निर्णय नगर्दा सबैले दुःख पाएको उनको भनाइ थियो । आफूहरूले थालेको अभियानलाई देउवाकै कारण एकै झड्कामा सबै गुमेको भन्दै नेपालले साह्रै चित्त दुखाएका थिए ।
अहिले एमालेले नेपाललाई राष्ट्रपति दिने गरी एकीकृत समाजवादीलाई पार्टीमा विलय गराउने अभियान चलाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।