बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस युबा नेता तथा सांसद बजगाईको पहलमा हेलिकप्टरमार्फत घाइतेको उद्धार

कांग्रेस युबा नेता तथा सांसद बजगाईको पहलमा हेलिकप्टरमार्फत घाइतेको उद्धार

  • मिडिया डबली
  • शनिवार, पौष ९ २०७९

  • 2.4K
    SHARES

  • कांग्रेस युबा नेता तथा सांसद बजगाईको पहलमा हेलिकप्टरमार्फत घाइतेको उद्धार

    काठमाडौं - नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ ।

    उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई हिजो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो ।

    घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइते गुरुङ धार्चे गाउँपालिका–२ की बासिन्दा हुन् । गुरुङको टाउकोमा ढुङ्गाले लागेको थियो ।

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसदले यसअघि पनि विपद्मा परेका गोरखाका उत्तरी क्षेत्रका बासिन्दालाई उद्धार गरी उपचारमा सहयोग गर्दै आएका थिए ।

    उनले बिहीबार संसद्भवन नयाँ बानेश्वरमा शपथग्रहण गरेपछि आफ्नो तलब भत्ताबाट विपद्मा परेकालाई उद्धार गर्नका लागि खर्च गर्ने बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २२ २०७९०५:२६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend