काठमाडौं - नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईलाई पितृशोक परेको छ । उनका पिता थिरप्रसाद बजगाईको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।
८१ वर्षको उमेरमा उनको बिहान ६ः३० बजे ह्याम्स अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।
बजगाई लामो समयदेखि अर्बूद तथा फोक्सो सम्बन्धी रोगबाट पीडित थिए । बजगाईको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
बजगाई नेपालको परिवर्तित आन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट अग्रभूमिकामै रहेर सक्रिय हुने गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।