काठमाडौं – नेपाली कांग्रेसका नेता तथा व्यवसायी राजेन्द्र बजगाईंले समाजसेवा र सहयोगका लागि परिचित छन् । गोरखा जिल्लामा नेता राजेन्द्रले दुःख र आपतमा परेका व्यक्तिलाई तत्कालै सहयोग गर्ने गरेका छन् ।
गत शनिवार करेन्ट लागेर ढलेका गोरखाका एक व्यक्तिलाई हेलिकप्टरबाट उद्धार गराएका नेता राजेन्द्रले मंगलवार हृदयघात भएर अचेत भएका एक कांग्रेस नेताको उद्धार गराएर सहयोग गरेका छन् ।
मंगलवार गोरखाका पुराना कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि फणिन्द्र भट्टलाई हेलिकप्टरमार्फत नै गोरखाबाट उद्धार गरेर नेता राजेन्द्रले काठमाडौं ल्याएका छन् । उनले भने, ‘उहाँलाई एक्कासि हृदयघात भएको खबर आयो । मैले तुरुन्त हेलिकप्टर पठाएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको व्यवस्था मिलाएको हुँ । उहाँको स्वास्थ्य क्रमिक सुधार हुँदैछ ।’
आपतकालमा सहयोग गर्दा पनि शत्रू लागिरहने बताउँदै राजेन्द्रले आफूले सहयोग गर्न नछाड्ने बताए । ‘धर्म गर्छु तर मेरा पछि पनि शत्रु लागिरहन्छन् तर मेरो कर्म छाड्दिनँ, सकेको सहयोग गर्दै आएको छु,’ उनले भने, ‘आपतकालमा १०० नम्बरमा फोन गर्दा वा पश्चिमा मुलुकमा ९९९ नम्बर फोन गर्दा हुने सेवा जस्तो बनेको छु । शत्रुहरू सेवा नै गर्दा पनि अतालिन्छन्, कृत्रिम धब्बा लगाउँछन् तर म जब कसैको उद्धार गर्छु र मान्छेहरू बाँच्छन्, त्यो पलभन्दा खुशीको पल मेरा लागि अरु हुनै सक्दैन ।’
पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस महासमिति सदस्य बजगाईंको समन्वयमा गोरखाको आरुघाट गाउँपालिका–१ का ४० वर्षीय लाटा गुरुङको हेलिकप्टरमार्फत नै उद्धार गरेका हो । घाँस काट्न रुखमा चढेका बेला अव्यवस्थित रूपमा टाँगिएका तारबाट करेन्ट लागेर गुरुङ ढलेपछि नेता राजेन्द्रको समन्वयमा उनको उद्धारपछि उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।