आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टिसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजार भ्रमण

टिसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजार भ्रमण

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 2.6K
    SHARES

  • टिसीएल अन्तर्राष्ट्रिय टिमद्वारा नेपाली बजार भ्रमण

    काठमाडौं - टिसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो र यो चार दशकहरूमा टिसीएल, चीनको हुइज्होउ मा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ।

    वर्तमानमा टिसीएलको उपस्थिती विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ्ग र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् । टिसीएल सन् २०१२मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएलले भित्र्याएको हो र अहिले नेपालको घरेलु इलेक्त्रिक उपकरणमा ठुलो बजार हिस्सा ओगटेको छ। ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसीएलका टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रीजर, वाटर डिस्पेन्सर र साउन्डबार जस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन् ।

    र हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ, जसले गर्दा टिसीएलका उत्पादनहरुको लागत घट्न मद्दत पुगेको छ । साथै यसले नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ र नेपाली ग्राहकले गुणस्तरीय सेवा सहित उत्पादनहरु सुपथ मुल्यमा पाएको कम्पनीको दाबी छ। हालै नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन(किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन्। टिसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन् ।

    सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टिसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ ।“ ग्राहकहरुलाई उच्चस्तरिय अनुभव प्रदान गर्न चाडै नै टिसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टिसीएलको भावी योजना पनि रहेको छ ।

    सिजी ईलेक्ट्रोनिक्सले अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको “फुटबल हङ्गामा” योजना हाल सम्म कायमै राखेको छ। टिसीएल अन्तरराष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो । कम्पनीले टिसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

    कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ५ २०७९०५:१२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend