आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ऐयर सोलुसन्स सम्मेलन समापन

ऐयर सोलुसन्स सम्मेलन समापन

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 1.9K
    SHARES

  • ऐयर सोलुसन्स सम्मेलन समापन

    काठमाडौं– गत शुक्रबार होटल एलफ्ट, काठमाडौंमा एल.जी. ले ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ । यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

    एल.जी. ऐयर सोलुसन्स सम्मेलनमा एल.जी.का विभिन्न उपकरणहरुको बारेमा यस क्षेत्रका सम्बन्धित ब्यवसायमा रहेका महानुभावहरुलाई यस ऐयर सोलुसन्स उपकरणको बारेमा जानकारी तथा यसका उपयोगिताका बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरीएको थियो । 

    यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जस अन्तर्गत पहिलो सत्रमा एल.जी. इलेक्ट्रोनिक्सका प्रतिनिधि श्री सियोन चोई, जेसन पोक र जुनो लिम ले एल.जी. ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिनुका साथै सि.जी. इलेकट्रोनिक्सका श्री विवेक ज्ञवालीले एल.जी. ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।

    यस कार्यक्रमको मुख्य आर्कषणAir Purifier, Dehumidifier, Round Cassette AC, Interactive Display, Digital Signage इत्यादि थिए ।

    एल.जी. ऐयर सोलुसन्स सम्मेलनको दोस्रो सत्रमा “ऊर्जा दक्षतामा प्रविधिको भुमिका” शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर श्री निर्वाण चौधरी, एच.भि.ए.सी. कन्सल्टेन्ट श्री रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाईरेक्टर सुश्री शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट श्री विभुतीमान सिंह, एल.जी. कोरियाका श्री सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर श्री निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए।

    दोस्रो सत्रको छलफललाई कोरियाका राजदुत महामहिम् श्री पार्क चोङ सुक को विशेष उपस्थिति विच गरिएको थियो । 
    चौधरी ग्रुपले एल.जी. सँग तीन दशक भन्दा बढी व्यवसायीक सहकार्य गर्दै आईरहेको र साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ३ २०७९०७:५२:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend