आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस संसदीय दलको चुनाव भोली नै! देउवाको कुटिल चालले शेखर समूहलाई धक्का

कांग्रेस संसदीय दलको चुनाव भोली नै! देउवाको कुटिल चालले शेखर समूहलाई धक्का

  • मिडिया डबली
  • आइतवार, पौष ३ २०७९

  • 4.4K
    SHARES

  • कांग्रेस संसदीय दलको चुनाव भोली नै! देउवाको कुटिल चालले शेखर समूहलाई धक्का
    फाइल तस्बिर

    काठमाडौं– संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भोलि नै संसदीय दलको चुनाव गर्ने भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि नै संसदीय दलको चुनाव गराउने तयारी गरेका छन् । 

    सकेसम्म छिटो दलको नेता छान्ने चुनाव भए आफू सहजै विजयी हुने र शेखर–गगन समूह चिरा पर्ने देउवाको विश्वास छ । 
    संसदमा ८९ सिट जितेको कांग्रेसमा संस्थापन समूहबाट सभापति देउवा संसदीय दलको नेता बन्ने लाइनमा छन्  । यसबाहेक नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा लगायतका नेताहरू पनि दाबेदार छन् । 

    संसदीय दलको नेता चयन हुनका लागि देउवासँग अहिले सुविधाजनक बहुमत छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend