आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवा नै बन्ने, भयो यस्तो खुलसा 

प्रधानमन्त्री देउवा नै बन्ने, भयो यस्तो खुलसा 

  • मिडिया डबली
  • शनिवार, पौष २ २०७९

  • 2.8K
    SHARES

  • प्रधानमन्त्री देउवा नै बन्ने, भयो यस्तो खुलसा 

    काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेता विमलेन्द्र निधि लगायतका सांसदहरूले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए। 

    शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले सांसदहरूको भेला आयोजना गरेका थिए। त्यस कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपनि कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए।

    ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गर्नु भएको छ। त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन। प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ उहाँ। नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ। त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्व चाँही स्वभाविक ठर्हछ,’ उनले भने।  यस विषयमा औपचारिक रूपमा छलफल भइनसकेको पनि उनले बताए।  अबको केही दिनमा संसदीय दलको चुनाव हुने उनले जानकारी दिए। 

    यता विमलेन्द्र निधीले पनि प्रधानमन्त्री देउवा नै बन्नेमा ढुक्क रहेको बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०८:२५:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend