काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको बताएका छन्।
उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्। आज नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए।
सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन्। सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए।
ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको बताएकी थिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।