शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

राष्ट्रवादी बन्न खोजेका ओली माथि संसदमा देउवाले गरेको एक प्रतिप्रश्नले एमाले खुत्रुकै, दिए यस्तो दनक 

राष्ट्रवादी बन्न खोजेका ओली माथि संसदमा देउवाले गरेको एक प्रतिप्रश्नले एमाले खुत्रुकै, दिए यस्तो दनक 

  • मिडिया डबली
  • शनिवार, जेठ १४ २०७९

  • 10.0K
    SHARES

  • राष्ट्रवादी बन्न खोजेका ओली माथि संसदमा देउवाले गरेको एक प्रतिप्रश्नले एमाले खुत्रुकै, दिए यस्तो दनक 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन ३ वर्षअघि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले एकपक्षीय रुपमै भए पनि ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

    तर शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले ३ वर्षअघि नै तयार भएको प्रतिवेदन किन नबुझेको भनी ओलीलाई नै प्रतिप्रश्न गरे । ‘ईपीजीको प्रतिवेदन ३ वर्षअघि नै तयार भएको सबैलाई थाहा छ । उक्त प्रतिवेदन त्यतिबेला नै बुझ्नुपथ्र्यो किन बुझिएन ?’ उनले भने, ‘त्यसकारण उक्त प्रतिवेदन बुझ्ने वातावरण तयार पार्न नेपाल सरकार निरन्तर क्रियाशील छ ।’

    प्रधानमन्त्री देउवाले कुटनीतिको विषयमा कदम चाल्दा पर्याप्त सावधानी अपनाउनुपर्ने पनि बताए । नेपाल र भारतबीच देखिएका समस्या समाधानका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहले ३ वर्षअघि नै प्रतिवेदन तयार पारेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend