आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको सक्रिय राजनीतिमा आउने विद्यादेवी भण्डारीको संकेत

एमालेको सक्रिय राजनीतिमा आउने विद्यादेवी भण्डारीको संकेत

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 4.2K
    SHARES

  • एमालेको सक्रिय राजनीतिमा आउने विद्यादेवी भण्डारीको संकेत

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने संकेत गरेकी छन् । राष्ट्रपतिमा उनको दोस्रो कार्यकाल छिट्टै सकिँदैछ ।

    नयाँ सरकार बनेलगत्तै नयाँ राष्ट्रपतिको निर्वाचन हुने छ । त्यसपछि भण्डारी घर फर्कने छिन् । लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेर कीर्तिमान राखेकी भण्डारीले पुनः एमालेबाट सक्रिय राजनीति गर्न सक्ने धेरैले अपेक्षा गरेका छन् । उनी राष्ट्रपति बन्ने बेला एमालेको उपाध्यक्ष थिइन् ।

    आठ वर्ष राष्ट्रपति हुँदा पनि उनले पार्टी क्याडरकै भूमिका निभाएको भन्दै आलोचना हुने गरेको थियो । एमालेमै पनि उनी आफ्नो पार्टीबाहेक अरुको सर्वस्वीकार्य राष्ट्रपति बन्न नसकेको भन्ने टिप्पणी हुने गथ्र्यो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले भण्डारीलाई साझा राष्ट्रपति बन्ने सुझाव दिने गरेका थिए । तर उनी एमालेको आन्तरिक राजनीतिमा कहिल्यै पनि निरपेक्ष बसिनन् ।

    पार्टीमा विवाद देखियो कि नेताहरूलाई शीतल निवास बोलाएर परामर्श गर्ने काम उनले खुलेयाम गर्दै आएकी थिइन् । त्यही भएर धेरैले राष्ट्रपतिबाट घर फर्केपछि उनले फेरि पनि एमालेको कमान्ड सम्हाल्ने अनुमान गरेका छन् ।

    आइतबार एपीवान टेलिभिजनमा उनले दिएको अन्तर्वार्तामा समेत भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किने संकेत गरिन् । उनले आफ्ना पति मदन भण्डारीको दुर्घटनामा मृत्यु नभई हत्या नै भएको दलिल पेस गरिन् ।

    तर, एमाले सरकारमा धेरै लामो समय बस्दा र आफैं पनि आठ वर्ष राष्ट्रपति बन्दा उनले कहिल्यै पनि मदन भण्डारीको हत्या प्रकरण छानबिनमा मुख खोलिनन् । बरु राष्ट्रपतिको कार्यकाल पूरा गरेर घर जाने बेला उनले आफ्नो पतिको हत्या भएको दलील पेस गर्दै सक्रिय राजनीतिमा आउने उनले संकेत गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend