काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित भएका हुन्।
पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्दा एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगबहादुर गिरीले २०७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ गरेका छन्। स्वतन्त्र टेकबहादुर बडुवालले भने ११४ मत प्राप्त ल्याए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।