काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मोरङ ६ बाट उनी सानदार मतका साथ विजयी भएका हुन् ।
उनले एमालेका लालबाबु पण्डितलाई १२ हजार २८६ मतान्तरले पराजित गरे । अघिल्लो निर्वाचनमा मात्र ६ सय मतले पराजित भएका कोइरालाले यसपटक पण्डितलाई १२ हजारले पराजित गरेका छन् । ८५ हजार ३७१ मत खसेकोमा सदर मत ८० हजार ४१७ थियो ।
त्यसमध्ये कोइरालाले ३५ हजार २१८ मत पाए । एमालेका पण्डितले २२ हजार ९३२ मत ल्याए । शेखर कोइरालाले जितेपछि यसपटक कांग्रेसमा वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाबाहेक सबै संसदमा पुगेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसा बडू, शशांक कोइराला, विनोद चौधरी विजयी भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।