आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लगातार दुई निर्वाचन गराएर देउवाले राखे यस्तो रेकर्ड

लगातार दुई निर्वाचन गराएर देउवाले राखे यस्तो रेकर्ड

  • मिडिया डबली
  • आइतवार, मंसिर ४ २०७९

  • 3.9K
    SHARES

  • लगातार दुई निर्वाचन गराएर देउवाले राखे यस्तो रेकर्ड

    काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । उनले लगातार दोस्रो संसदीय निर्वाचन गराएर रेकर्ड राखेका छन् । यसअघि दुईवटा निर्वाचन गराउनेमा कांग्रेसकै नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला थिए । 

    १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन अक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसमा देखिएको विवादकै कारण उनी राजाको कोपभाजनमा परेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल र पार्टी विभाजनका कारण देउवा टार्गेटमा थिए । त्यसकै फाइदा राजाले उठाएर उनलाई हटाएका थिए ।

    राजाको कदमविरुद्ध कांग्रेस, एमालेसहित सात राजनीतिक दलले निरन्तर सडक आन्दोलन गरेपछि ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, १९ माघ २०६१ मा ज्ञानेन्द्रले पुनः देउवालाई बर्खास्त गर्दै शासनसत्ता आफ्नो हातमा लिए । ज्ञानेन्द्रको कुविरुद्ध सडक आन्दोलन निरन्तर चर्केपछि ११ वैशाख २०६३ मा राजाले आफ्नो कदम सच्याए । देशमा लोकतन्त्रको पुनस्र्थापना भयो ।

    त्यसपछि तत्कालीन विद्रोही शक्ति माओवादी मूलधारको राजनीतिमा आयो र २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान बनाउन सकेन । र, विघटन भयो । २०७० मा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही सरकारले दोस्रो संविधानसभाको निर्वाचन गरायो । दोस्रो संविधानसभाले २०७२ मा देशको संविधान जारी गर्यो । त्यसपछि २०७४ मा आमनिर्वाचन गराउने बेला देउवा नै प्रधनमन्त्री थिए । त्यसअघि स्थानीय तहको निर्वाचनको पहिलो चरणको सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेका थिए । देउवाले बाँकी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराए । 

    निर्वाचनमा एमाले र माओवादीले सुविधाजनक बहुमत पाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । एमाले र माओवादीको सरकार बन्यो । तर, साढे तीन वर्षमै सरकार ढल्यो । र, कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend