बैतडी । प्रधानमन्त्री एवं कांग्रेस सभापती शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसँग समन्वय गर्ने बताए ।
भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए । ‘महाकालीमा झोलुङ्गे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौँ,’ प्रधानमन्त्री देउवाले भने ।
थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवँर र प्रदेश सभा ९ख०मा शिवराज भट्टनै सक्षम नेतृत्व रहेकाले उनीहरूलाई विजयी गराउन अपिल गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।