आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २९ २०७९

  • 2.8K
    SHARES

  • बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

    नवलपरासी । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन । 

    नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए । 
     पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाटीं निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पुणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे ।

    चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै  देउवाले नवलपरासी पश्चिमका मतदातालाइ भने, तपाइहरू विनोद चौधरीलाइ जिताएर पठाउनुस, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउछौ ।

    चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे । ‘मंसीर ४ मा जनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमुल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ ।’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको पाचं पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् । ’कार्यक्रममा बोल्दै प्रचण्डले बिनोद चौधरीको बिजय यो क्षेत्रको बिकासको कोषेढुङ्गा सावित हुने बताए। चौधरीको उम्मेद्बारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो बिजय गराउनुहोस अरु हामिले गर्छौ उनले भने।

    सोही कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आफुले यस क्षेत्रका जनताले भोगेको मल , बीउं , डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।२५ बर्ष सम्म रोकिएको बिकासलाई अब गति दिने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend