काठमाडौं– नेकपा एमालेका नेता हरि काफ्लेमाथि गोरखाको च्याङ्लीमा आक्रमण भएको छ। पालुङटार नगरपालिका ६ मा पर्ने च्याङ्लीस्थित म्याङ्गो होटलमा आइतबार बेलुकी खाना खाने क्रममा विवाद हुँदा एमाले गण्डकी प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
काफ्लेमाथि आक्रमण गर्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू तनहुँको भएको र उनीहरू पनि एमालेकै कार्यकर्ता भएको बुझिएको उनले बताए। काफ्लेको टाउकोमा चोट लागेको छ। उनलाई डुम्रेस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ।
प्रहरीले राम सापकोटा र अजित क्षेत्रीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। सापकोटा युवा संघ भानु नगरका अध्यक्ष र क्षेत्री युवा संघ नेता भएको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका काफ्ले एमालेबाट गोरखा २ मा प्रतिनिधि सभा उम्मेदवार रहेका अब्दुस मियाँको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।