चितवन- प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन २–३ वटा चुनावसम्म कायम रहने बताएका छन् । एवं नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले चितवनमा गठबन्धनलाई जिताए थप २–३ वटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दावी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए । ‘ओलीले संसदलाई खेलौना ठानेर २–२ पटकसम्म संसद विघटन गरे, हामीले संसदलाई फिर्ता ल्यायौं’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।