आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दार्चुला पुगेर देउवा र प्रचण्डले खोलिदिए ओलीको पोल, चौतर्फी खैलाबैला !

दार्चुला पुगेर देउवा र प्रचण्डले खोलिदिए ओलीको पोल, चौतर्फी खैलाबैला !

  • मिडिया डबली
  • बुधवार, कार्तिक २३ २०७९

  • 3.4K
    SHARES

  • दार्चुला पुगेर देउवा र प्रचण्डले खोलिदिए ओलीको पोल, चौतर्फी खैलाबैला !

    दार्चुला- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दार्चुला पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

    सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै देउवा र प्रचण्ड पूर्व प्रधानमन्त्री समेत रहेका ओलीविरुद्ध खनिएका हुन् ।

    ओलीले झुठा आश्वासन र प्रलोभन दिएको भन्दै प्रतिकार गरेको दुवै जनाले कालापानी, लिपुलेक र लिम्पिया धुरा समेटिएको चुच्चे नक्सामा ओली आत्मसमर्णण गर्न बाध्य भएको प्रचण्डले आरोप लगाएका छन् ।

    ‘ओलीले होइन म समेत अत्यधिक बहुमतले चुच्चे नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो, भ्रममा नपर्नुहोला म पनि त्यही पार्टीको अध्यक्ष थिए,’ प्रचण्डले भने, ‘केही समयपछि चुच्चे नक्साको विषयमा ओलीले आत्मसमर्पण गरेका छन् ।’

    तत्कालीन नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनको दाबी थियो । उनले ओली चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप समेत लगाएका छन् ।

    सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समेत चुच्चे नक्सा ल्याउनमा ओलीको भन्दा पनि प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिका बढि भएको दाबी गरे ।

    ‘ओलीजीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अफवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमी हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सा आफूले ल्याएको भनेर झुठा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । हामी सबैले संसदबाट बहुमतले पारित गरेको सबैलाई थाहा छ ।’

    नेपालको भू–भाग नेपालको अधिनमा ल्याउनुपर्छ भन्नेमा दुईमत नभएको पनि बताएका छन् । उनले अहिलेको व्यवस्थाको रक्षाका लागि भएपनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको भन्दै उम्मेदवारका लागि मत मागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend