काठमाडौं- सुदूरपश्चिम प्रदेशको डोटीमा बुधबार बिहान गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाँउमा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरि बोहरा र १४ वर्षीया तुल्छी बोहरा छन् ।
घाइते हुनेहरूमा इन्नरि बोहरा, धौली बोहरा, कृष्ण बोहरा, साना बोहरा र महावीर बोहरा । आठ घर पूर्णरूपमा क्षतिग्रस्त छन्। खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरको भूकम्प जाँदा डोटीमा धनजनको क्षति भएको हो ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धाररमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री चुनाव प्रचार प्रसारका क्रममा अहिले कैलालीको धनगढीमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।