आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीजीको जाडो मौसमका विशेष नयाँ प्रोडक्टहरु बजारमा

सीजीको जाडो मौसमका विशेष नयाँ प्रोडक्टहरु बजारमा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 2.9K
    SHARES

  • सीजीको जाडो मौसमका विशेष नयाँ प्रोडक्टहरु बजारमा

    काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. तथा सी.जी. अन्तर्गतको सी.जी. मेरिडियाले यस जाडो मौसमको समयमा आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ ।

    यसरी सी.जी. का अत्याधुनिक सामाग्रीहरुका साथ अब जाडोको मौसममा चिसो लाई टाढा राख्न सजिलो हुने कम्पनीको विश्वास रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस जाडोको किनमेल गर्न सकिनेछ ।

    यस चिसो मौसमलाई मध्यनजर गर्दै सी.जी.ले विभिन्न उत्पादनहरु जस्तै इलेक्ट्रिक केटल, गिजर, हिटर, ए.सी., थर्मस, डिस्पेन्सर, वाशिङ्ग मेशिन तथा माइक्रोवेभ ओभनहरु जस्ता अन्य थुप्रै सामाग्रीहरुमा नयाँ लाइनअपहरु थप्दै उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको छ भने उनीहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ ।

    यस जाडोको मौसमलाई झन् सहज बनाउन ग्राहकवर्गहरुले सी.जी. का विभिन्न विषेश उत्पादनहरुको प्रयोग गर्न सकिनेछ । चिसो मौसममा चिसो पानीले लुगा धुन बाट बच्न सी.जी. वाशिङ्ग मेशिनको प्रयोग गरी जाडोबाट बच्न सकिन्छ भने चिसो भएको खानेकुरा शीघ्र नै तताउन सी.जी. माइक्रेवेभ ओभनको उपयोग गर्न सकिन्छ ।

    त्यसैगरी कोठाहरुलाई न्यानो राख्न अत्याधुनिक ए.सी.लगायत विभिन्न प्रकारका ओ.एफ.आर. तथा ह्यालोजिन हिटर, पी.टी.सी. फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरु उपलब्ध छन् ।

    जाडो मौसममा चिसो पानीले नुहाउने समस्याबाट जोगिन विभिन्न किसिमका इलेक्ट्रक गिजर तथा ग्यास गिजर उपलब्ध छन् । तातो पानी पिउनका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ्ग डिस्पेन्सर उपलब्ध छन् भने पानी तातो बनाइराख्न २.० लिटर देखि ३.२ लिटरसम्मको क्षमता भएको प्लास्टिक तथा स्टीलका थर्मस उपलब्ध छन् । साथै पानी उमाल्नकै लागि वाटर बोइलर लगायत हट पट तथा केटल पनि उपलब्ध रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २२ २०७९०४:०१:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend