आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नवलपरासीको प्रतापपुरमा सिजी पोलिटेक्निक स्थापना, सीपमूलक तालिम दिइने

नवलपरासीको प्रतापपुरमा सिजी पोलिटेक्निक स्थापना, सीपमूलक तालिम दिइने

  • मिडिया डबली
  • बुधवार, कार्तिक १६ २०७९

  • 2.8K
    SHARES

  • नवलपरासीको प्रतापपुरमा सिजी पोलिटेक्निक स्थापना, सीपमूलक तालिम दिइने

    नवलपरासी- युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउण्डेशनले स्वरोजगार युवा अभियान सञ्चालन गरेको छ । बुधवार फाउण्डेसनले एक कार्यक्रमको आयोजना गर्दै पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा अभियान सुरु गरेको हो । चौधरी  फाउण्डेशन र सिजी पोलिटेक्निकको आयोजनामा सुरु भएको अभियानले युवाहरुलाई सीप प्रदान गर्ने र उनीहरुलाई स्वरोजगार बनाउनु मुख्य उद्देश्य रहेको सिजी पोलिटेकका अध्यक्ष निर्वाण चौधरीले बताए । कार्यक्रम उद्घान गर्दै चौधरीले अब नवलपरासी क्षेत्रका युवाहरुलाई सीप प्रदान गरेर उनीहरुमा सीप विकास गर्ने बताए ।

    ‘कयौँ युवाहरु विदेश जान्छन्,  सीप अभावले समस्यामा परेका हुन्छन् । यस्ता युवाहरुलाई देशमै सीपको विकास गराएर देशमै रोजगारको व्यवस्था मिलाउने अभियानमा छौं’ अध्यक्ष चौधरीले भने । उनले नेपालमा सबैभन्दा बढि बैदेशिक रोजगारमा जाने प्रदेशमध्ये लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि नवलपरासी क्षेत्र रहेको हुँदा यो समस्या अन्त्य गर्न पनि नवलपरासीमा शाखा सञ्चालनमा ल्याइएको बताए । 

    तालिम केन्द्रमा युवाहरुलाई प्राविधिक क्षेत्र अन्तर्गतका सिपहरु प्रदान गरिने सिजी पोलिटेकका प्रिन्सीपल शिवहरी ढकालले जानकारी दिए । उनका अनुसार नवलपरासीमा युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउनु, मेकानिकल पिटर , इन्डष्ट्रियल, इलेक्ट्रिसियन कार्यक्रम सञ्चालन गर्ने विदेश जाने युवाहरुलाई देशमै स्वरोजगार बनाउने जानकारी गराए । 

    प्रिन्सीपल ढकालका अनुसार सिजी पोलिटेक्निकले यस अघि नवलपुरको कावासोती र मध्यविन्दु नगरपालिकाका स्थानीय २५ जना युवाहरुलाई प्लम्बीङ तालिम, मध्यविन्दु नगरपालिकाका ३५ जना स्थानीय महिलाहरुलाई बेकरी तालिम समेत प्रदान गरेको बताए । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ मा २०६६ सालबाट सुरु गरेको सिजी पोलिटेक्नीकले युवाहरुलाई प्राविधिक तालिम प्रदान गरि उद्योगमै रोजगारको वातावरण सृजना गरेको छ । 

    देवचुली नगरपालिका वडा नम्बर २ मा स्थापनादेखि हालसम्म तीन हजार बढिलाई तालिम प्रदान गरेको र  अब भने सिजीले यसलाई निरन्तरता प्रदान गर्न शाखा कार्र्यालयका रुपमा प्रतापपुर ७ मा सञ्चालन गरेको जनाइएको छ ।  ६ महिनासम्म तालिम सञ्चालन हुने र तालिममा सहभागिहरुलाई प्रमाण पत्रसंगै उत्कृष्टलाई रोजगार प्रदान गर्ने पोलिटेक्निकले जनाएको छ  । 

    आफ्नो शाखालाई प्रतापपुरमा विस्तार गरेसंगै त्यहाँका स्थानीय उत्साहित बनेका छन् ।  स्थानीय राजेश कोहारका अनुसार आफूहरु वेरोजगार रहेको अवस्थामा सिजी पोलिटेकले ल्याएको सीप विकास तथा आत्मनिर्भर कार्यक्रमले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विदेश जाने युवाहरुलाई सिप प्रदान गरि देशमै सीप सिकाइ रोजगार प्रदान गर्न सके देश विकासमा युवाहरुको चासो समेत हुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक १६ २०७९०९:०१:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend