धनगढी– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी–४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।
कैलाली–५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजासमेत हुन् ।
देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जाने छन् । डडेल्धुरामा ४ दिनसम्म उनले चुनावी गतिविधि सञ्चालन गर्ने छन् ।
सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिएको निर्वाचन आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।