आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विनोद चौधरीसामु हृदयेश त्रिपाठीको नौ नाडी गल्यो, उत्साह देखिएन प्रचारप्रसारमा

विनोद चौधरीसामु हृदयेश त्रिपाठीको नौ नाडी गल्यो, उत्साह देखिएन प्रचारप्रसारमा

  • मिडिया डबली
  • बुधवार, कार्तिक १६ २०७९

  • 5.3K
    SHARES

  • विनोद चौधरीसामु हृदयेश त्रिपाठीको नौ नाडी गल्यो, उत्साह देखिएन प्रचारप्रसारमा

    नवलपरासी– २०४८ सालदेखि नवलपरासीबाट चुनाव जित्दै आएका हृदयेश त्रिपाठी सातौंपटक मैदानमा उत्रिएका छन् । कम्युनिस्ट, सद्भावना हुँदै अहिले जनता प्रगतिशील पार्टीबाट चुनाव लडेका त्रिपाठीमा पाँच वर्षअघिको जस्तो उत्साह देखिन छाडेको छ । २०७४ को निर्वाचनमा उनी एमालेको सूर्य चुनाव चिन्ह लिएर उठेका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारलाई पाँच हजार मतले पराजित गरेका थिए । त्रिपाठीले ३८५९२ र कलवारले ३३५९१ मत प्राप्त गरेका थिए ।

    त्रिपाठीले सूर्य चिन्ह लिएपछि एमालेले उम्मेदवार उठाएको थिएन । यसपटक पनि एमालेले नवलपरासी १ मा आफ्नो उम्मेदवार उठाएको छैन । नवलपरासी पश्चिममा एमाले उम्मेदवार सिन्धुजलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएकी छन् । एमालेले मैदान खाली गरिदिनु र नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई उठाइदिएपछि त्रिपाठी अहिलेदेखि नै भाउन्न भएका छन् ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा नवलपरासी १ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो । गठबन्धनमा रहेको माओवादीले पाँच हजार ३४७ र एकीकृत समाजवादीले एक हजार १४१ मत ल्याएका थिए । गठबन्धनको कुल मत करिब ३७ हजार छ। यता हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको तीन हजार ५५९ र जनता प्रगतिशील पार्टीको चार हजार ६९० मत छ । राप्रपाले भने आफैँ उम्मेदवारी दिएको छ । राप्रपाले ६ हजार ६८७ मत ल्याएको थियो । 

    आफ्नो पार्टीको साढे चार हजार मत लिएर चुनावमा होमिएका कारण पनि त्रिपाठीमा उत्साह नदेखिएको त्यहाँका मतदाताको भनाइ छ । यो क्षेत्रमा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका ४, ५, ६, र ७ नम्बर वडा पर्दछन् ।

    अर्बपति चौधरी अहिले नवलपरासीका गाउँगाउँमा भोट मागेर हिंडिरहेका छन् । प्रायःजसो उनी भोट माग्दा जाँदा सामान्य बन्ने प्रयासमा देखिएका छन् । जोसँग पनि भेटेका छन् । जनताको घरमा खाना खाजा खाएका छन् । यसले गर्दा पनि त्यहाँका मतदाताको मन अहिले चौधरीले जितिरहेका छन् । त्रिपाठीलाई पटक पटक सांसद जिताएर पठाए पनि जनताको आर्थिक स्तर नउकासिएको मात्र होइन, त्यहाँ विकास योजनाको काम पनि नभएकाले जनता आवधिक निर्वाचनको पर्खाइमा थिए । यही विषयलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले उद्योगपति चौधरीलाई टिकट दिएपछि त्यहाँको माहोल नै फेरिएको छ ।

    कांग्रेस नेता चौधरी आक्रमक ढंगले चुनावी प्रचारप्रसारमा उत्रिएका छन् । उनलाई जिल्लाका व्यापारी व्यवसायीदेखि उद्योगीहरूले समेत साथ र सहयोग गरेका छन् । त्यसकारण पनि त्रिपाठी ओझेलमा परेका छन् । ‘उहाँ (हृदयेश त्रिपाठी) मा पहिलेको जस्तो जोश र जाँगर देखिएको छैन । धेरैभन्दा धेरै मतदाता पनि भेट्न चाहिरहनु भएको छैन । यसले उहाँमा चुनावमा  जितिन्न कि भन्ने आत्ममूल्यांकन भएको बुझ्न सकिन्छ,’ प्रतापपुर गाउँपालिकाका एक मतदाताले भने । उनका अनुसार त्रिपाठीले आफू निकट सहयोगीसँग समेत यसपटक चुनाव जित्न निकै कठिन हुने गरेको बताउने गरेका छन् । 

    त्रिपाठीका प्रतिस्पर्धी चौधरी मोटिभेसनल स्पिकरसमेत हुन् । उनले सार्वजनिक रूपमा राजनीतिबाट पनि देशको विकास र परिवर्तन गर्न सकिन्छ भनेर आफू पार्टीमा लागेको बताइसकेका छन् । यसले गर्दा पनि त्यहाँ नेपाली कांग्रेस मात्र होइन, एमाले, माओवादी, जसपा, राप्रपा सबै पार्टीका मतदाता उत्साही देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend