काठमाडौं– अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायामाझीले पाइप बाँडेर भोट किन्ने प्रयास गरेका छन्। चुनावको मुखमै उनले पाइप बाँडेर मतदाता प्रभावित पार्न खोजेका हुन्।
सोमबार उनले छत्रदेव–६ ठूलापोखरामा पाइप बाँड्ने प्रयास गरेका थिए। उनले एउटा जीपमा ५ रोल पाइप वितरणका लागि लैजाँदै गरेका थिए। तर, मतदाता प्रभावित पार्न खोजेको सूचनापछि पाइप बोकेको जीप प्रहरीले नियन्त्रणमा लिएको छ।
पाइप नियन्त्रणमा लिएपछि वडाध्यक्ष कमल पौडेलले रायामाझी माथि व्यंग्य गरेका छन्। उनले भनेका छन्, ‘१५ वर्षे संसद–मन्त्री पदको यात्रामा टोपबहादुर रायमाझीबाट प्राप्त पहिलो कोशेली पाऊँदा हामी गौरवान्वित थियौं। तर, हाम्रो खुशी फर्केर निर्वाचन अधिकृतको कार्यालय प्रस्थान हुँदैछ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।