आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रवासी नेपालीका माझमा देउवाले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली! 

प्रवासी नेपालीका माझमा देउवाले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली! 

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 2.8K
    SHARES

  • प्रवासी नेपालीका माझमा देउवाले दिए यस्तो अभिव्यक्ति, चौतर्फी खुसियाली! 

    काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् ।

    देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव प्रचार–प्रसार समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

    देउवाले लोकतन्त्रको स्थायित्वको लागि आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय रहेर गठबन्धनलाई जिताउन आह्वान गरे । देउवाले आर्थिक समृद्धि र विकासलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको बताए ।

    कार्यक्रममा पार्टी प्रवक्ता डा. प्रकाशसरण महतले गैरआवासीय नेपालीहरूको हितमा नेपाली कांग्रेसले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली नागरिकताको माग आगामी संसदीय निर्वाचनपछि सम्बोधन हुने बताए ।

    उनले नेपालमा लगानी भित्र्याउन आवश्यक ऐन कानुनमा संशोधन गर्न नेपाली कांग्रेसले सहजीकरण गर्ने बताए । डा। महतले कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिएको दाबी गरे । निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा देशअघि बढ्ने डा। महतको भनाइ थियो ।

    कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय नेता किरण पौडेलले गरेका थिए । कार्यक्रममा विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, पार्टीका केन्द्रीय सदस्यलगायतको बाक्लो उपस्थिति थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend