सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नं. २ का राप्रपाका क्षेत्रीय अध्यक्ष कांग्रेस प्रवेश गरेका छन्। राप्रपाका क्षेत्रिय अध्यक्ष फणीन्द्र दाहल सहित विभिन्न पार्टीका सयौं नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्।
उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सूचना तथा संचार मन्त्री, प्रतिनिधि सभा निर्वाचनको लागि सिन्धुपाल्चोक–२ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार मोहन बहादुर बस्नेतले स्वागत गरे।
पार्टी प्रवेश गर्नेमा राप्रपाका निवर्तमान क्षेत्रीय अध्यक्ष दाहाल, नेकपा एमालेका नेता धुर्व तिवारी, राप्रपा जिल्ला सदस्य योगेन्द्र सिग्देल, राप्रपा जिल्ला सदस्य दिपक थापा, राप्रपा जिल्ला सदस्य राजन धिताल, राप्रपा जिल्ला सदस्य सुरथ घले, राप्रपा मेलम्ची नगर कमिटी उपाध्यक्ष टेक बहादुर तामाङ, राप्रपा युवा नेता कुमार बस्नेत, राप्रापा युवा नेता अनिल सापकोटा, राप्रापा युवा नेता अनिल चौलागाईं लगायत सयौं नेता–कार्यकर्ता छन्।
‘विकास गर्ने नेता नै मोहन बस्नेत भएकोले सिन्धुपाल्चोक २ को विकासका लागि बस्नेतलाई जिताउन हामी कांग्रेस प्रवेस गरेका छौं,’ दाहालले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।