काठमाडौं– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रिय सदस्य क्रम हुसेन जप्रपा परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका छन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले सुस्ताको ठाडिघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले हुसेनलाई पार्टी प्रवेश गराएका हुन ।
स्थानिय निर्वाचनमा आधिकारिक उमेदवार लाई छोडी अन्यलाई सघाएको र पार्टी भित्रै आफुलाई उपेक्षा गरिएको क्रम हुसेनले बताएका छन।त्रिपाठिले आफुलाई सधै प्रयोग गरेको र संगठनको भविष्य समेत नरहेकाले आफुले नेपाली काङ्ग्रेस रोजेको बताए। सुस्तामा क्रम हुसेन सहित अन्य दलबाट समेत कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।