आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावबारे देउवाले गरे यस्तो खुलासा  

चुनावबारे देउवाले गरे यस्तो खुलासा  

  • मिडिया डबली
  • बुधवार, कार्तिक ९ २०७९

  • 2.6K
    SHARES

  • चुनावबारे देउवाले गरे यस्तो खुलासा  

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताएका छन्।

    बुधबार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ अवसरमा शुभकामना आदान–प्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सबै प्रबन्ध मिलाएको दाबी गरे।

    उनले नेपाल संवत धर्म–संस्कृति, इतिहास परम्परासँग अभिन्न रूपमा जोडिएकाले यसको जगेर्ना आवश्यक रहेकमा जोड दिए।

    उनले नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र यसको संस्कृति र महत्त्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए।

    प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्न सक्नुपर्ने धारणा व्यक्त गरे।

    कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend