आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा विरुद्ध पूर्व पिएले चालेको चाल असफल, निर्वाचन आयोगले लियो बोल्ड डिसिजन 

देउवा विरुद्ध पूर्व पिएले चालेको चाल असफल, निर्वाचन आयोगले लियो बोल्ड डिसिजन 

  • मिडिया डबली
  • मंगलवार, आश्विन २५ २०७९

  • 2.6K
    SHARES

  • देउवा विरुद्ध पूर्व पिएले चालेको चाल असफल, निर्वाचन आयोगले लियो बोल्ड डिसिजन 

    काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेजीको माग गर्दै परेको उजुरी नै खारेज भएको छ। उजुरी खारेज भएसँगै डडेल्धुरामा प्रधानमन्त्री देउवाको उम्मेदवारी कायम रहने भएको छ। उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्‍ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

    'उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौ,' उनले भने, 'उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन।'

    एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्। 

    उजुरी परेपछि देउवा पत्नी आरजुले मतदाता नामावली संकलनमा प्रावधिक त्रुटी भएको जवाफ दिएकी थिइन्। देउवाको उम्मेदवारी विरुद्ध उजुरी दिने मल्ल कांग्रेसका पूर्व डडेलधुरा सभापति हुन्। 

    उनी विसं २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै कांग्रेस बिपीको चुनाव चिह्नबाट आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो।

    अहिले कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका मल्लले प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुरामा देउवासहित ११ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend