विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई डेंगु संक्रमण भएको छ। आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि मोरङ ४ (क) बाट उम्मेदवारी दर्ता गर्न उनी आइतबार विराटनगर आएका थिए।
नेता घिमिरेको नोवेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे कांग्रेस नेता शेखर कोइराला लगायतले जानकारी लिएका छन्। नेता घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।