आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संस्थापन पक्षले मनोमानी गरेको भन्दै शेखर कोइराला समूहले गर्‍यो आन्दोलनको घोषणा

संस्थापन पक्षले मनोमानी गरेको भन्दै शेखर कोइराला समूहले गर्‍यो आन्दोलनको घोषणा

  • मिडिया डबली
  • सोमवार, आश्विन १० २०७९

  • 4.5K
    SHARES

  • संस्थापन पक्षले मनोमानी गरेको भन्दै शेखर कोइराला समूहले गर्‍यो आन्दोलनको घोषणा

    काठमाडौँ- नेपाली कांग्रेस संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वेवास्ता गरेको भन्दै शेखर कोइराला समूहले आन्दोलन घोषणा गरेको छ ।

    संस्थापन पक्षले हरेक गतिविधिमा मनोमानी गरेको भन्दै समान अवसर र न्यायका लागि आन्दोलनको घोषणा गरिएको हो।

    समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले एकलौटी गरेको उनीहरुको आरोप रहेको छ । आगामी असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको पार्टीका नेता जगदिश्वर नरसिंह केसीले जानकारी दिएका छन्।

    उनले हामीले ४० प्रतिशत टिकट नपाए शेरबहादुर देउवा पक्ष एक्लै चुनाव लडोस्। गठबन्धनका पाँच दल मिलाउन १८ घन्टा समय दिने निरन्तर छलफल ६० दिनसम्म गर्न सक्ने सभापतिज्यूले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेट पनि समय नदिने।यस्तो पनि हुन्छ ? यसरी एकलौटी तरिकाले अघि बढे गठबन्धनलाई असहयोग गर्छौं।

    सोमबार बिहान बसेको असन्तुष्ट समूहको बैठकले असोज १३ गते खबरदारी सभा गर्ने पनि निर्णय गरेको छ। सो क्रममा शेखर समूहका शीर्ष नेताहरु सहभागी हुनेछन्। माग सम्बोधन नभए अनसन, धर्ना र निर्वाचन बहिष्कारसम्मको योजनामा शेखर समूह छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १५ २०७९०८:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend