आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौधरी ग्रुप विरुद्ध समचार नलेख्न जनआस्थालाई उच्च अदालतको आदेश, यस्तो छ कारण 

चौधरी ग्रुप विरुद्ध समचार नलेख्न जनआस्थालाई उच्च अदालतको आदेश, यस्तो छ कारण 

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 4.2K
    SHARES

  • चौधरी ग्रुप विरुद्ध समचार नलेख्न जनआस्थालाई उच्च अदालतको आदेश, यस्तो छ कारण 

    काठमाडौं– चौधरी ग्रुपका बारेमा निरन्तर झूठा समाचार प्रकाशित गर्दै आएको जनआस्था साप्ताहिक र जनआस्था डटकमलाई पाटन उच्च अदालतले मुद्धाको अन्तिम टुंगो नलागेसम्म चौधरी ग्रुप र ग्रुप सम्वद्ध कम्पनीका बारेमा कुनै पनि समाचार नलेख्न अन्तरिम आदेश दिएको छ । जनआस्था साप्ताहिक र जनआस्था डटकमले आफ्नो निहित स्वार्थ पुरा नभएपछि पत्रकार आचारसंहिताको ठाडो उल्लंघन गर्दै चौधरी ग्रुप, ग्रुपका अध्यक्ष विनोद चौधरी र ग्रुप सम्वद्ध कम्पनीहरूका बारेमा झूठा एवं भ्रमपूर्ण समाचारहरू प्रकाशित गर्दै आएको थियो । 

    झूठा समाचार लेख्ने श्रृंखला नरोकिएपछि चौधरी ग्रुपले गत भदौ १३ गते उक्त पत्रिका एवं अनलाईनका प्रकाशक किशोर श्रेष्ठ र सम्पादक राजेन्द्र रिमाल विरुद्ध ललितपुर जिल्ला अदालतमा गाली वेइज्यतीमा मुद्धा दायर गरेको थियो । अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा पनि उक्त पत्रिका र अनलाईनले निरन्तर झूठा समाचार प्रकाशित गर्ने श्रृंखला जारी राखेपछि चौधरी ग्रुपले मुद्धाको किनारा नलागेसम्म यस्ता समाचार, टिप्पणी लेख्न नपाउने अन्तरिम आदेशको माग गर्दै असोज ५ गते पाटन उच्च अदालतमा निवेदन दिएको थियो । 

    शुक्रबार पाटन उच्च अदालतका माननीय न्यायधिश श्री बालेन्द्र रुपाखेतीको एकल बेन्चले यस्तो आदेश जारी गरेको हो ।

    adesh.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ७ २०७९०९:३९:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend