आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीका बारेमा तथ्यहिन प्रश्न बनाउने प्याब्सन आयो साइजमा, निकाल्यो यस्तो विज्ञप्ती  

प्रधानमन्त्रीका बारेमा तथ्यहिन प्रश्न बनाउने प्याब्सन आयो साइजमा, निकाल्यो यस्तो विज्ञप्ती  

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 2.5K
    SHARES

  • प्रधानमन्त्रीका बारेमा तथ्यहिन प्रश्न बनाउने प्याब्सन आयो साइजमा, निकाल्यो यस्तो विज्ञप्ती  


    काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले लिएको कक्षा ९ को सामाजिक विषयको प्रश्नपत्रमा नै नेपालका प्रधानमन्त्रीले छिमेकी देशको थिचोमिचो निरीह भएर सहेको आरोप लगाइएको छ। दोस्रो त्रैमासिक परीक्षाका लागि सोधिएको प्रश्नका विषयमा विभिन्न संस्थाहरूले आपत्ति जनाएपछि एन प्याब्सनले क्षमायाचना समेत गरेको छ। 

    ‘छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?’ ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो। 

    एनप्याब्सनले जारी गरेको विज्ञप्तिमा भने हिज्जेगत त्रुटि मात्र भएको दाबी गरिएको छ। ‘प्रश्नपत्र छपाईका क्रममा हिज्जेगत त्रुटी हुन गई प्रश्नको आशय फरक पर्न गएको प्रति संगठन क्षमायाचना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रश्नपत्र निर्माणमा संलग्न सामाजिक अध्ययन विषय उपसमितिलाई स्पष्टीकरण सोधी संगठनले आवश्यक कारबाही गरिसकेको कुरा अवगत गराइन्छ।’

    एनप्याब्सनका अध्यक्ष खडकबहादुर बस्नेत र सचिव अमृतकुमार खड्काले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत जनाइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०८:२५:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend