आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘प्रेमगीत ३’ रोक्ने भुवन केसीको प्रयास असफल, सञ्चार मन्त्रालयले दियो नेपाली नै भएको अनुमति

‘प्रेमगीत ३’ रोक्ने भुवन केसीको प्रयास असफल, सञ्चार मन्त्रालयले दियो नेपाली नै भएको अनुमति

  • मिडिया डबली
  • बिहिवार, आश्विन ६ २०७९

  • 3.8K
    SHARES

  • ‘प्रेमगीत ३’ रोक्ने भुवन केसीको प्रयास असफल, सञ्चार मन्त्रालयले दियो नेपाली नै भएको अनुमति

    काठमाडौं - ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्म नै भएको बताएको छ।

    मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको हो ।

    यस निर्यण संगै१५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय जानकारी दिएका हुन्।

    ‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुगेका हौ,’ पोखरेलले बताए।

    बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

    मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको थियो । ‘प्रेमगीत ३’ रोक्ने भुवन केसीको प्रयास असफल भएको छ । मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ६ २०७९०२:४०:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend